२०८२ माघ ९ गते, शुक्रबार १०:१७

जसपाका जिल्ला पदाधिकारीहरूद्वारा सपथ ग्रहण

वीरगंज/जनता समाजवादी पार्टीले जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा आफ्ना पार्टी पदाधिकारी र सदस्यहरुलाई आज एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम कुर्मी सेवा सदनमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मीले जेष्ठ १५ गते मनोनयन गरिएका तीन जना उपाध्यक्ष क्रमश: अजय प्रसाद चौरसिया, नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह, उपसचिव २ जना क्रमशः नुर आलम अन्सारी , सुनिल कुशवाहा र १ कोषाध्यक्ष गरि कुल ७५ जना पदाधिकारी एवम् सदस्यहरुलाई पद तथा गोपनियता शपथ ग्रहण गराएका छन् ! कार्यक्रममा मनोनीत गरिएकाहरुलाइ गमछा र टीका लगाइ सम्मान पनि गरिएको कुरा कार्यक्रम संचालक एवम् जिल्ला सचीव अहमदले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथिले आजको कार्यक्रमले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गर्नु भयो र अब यो समितिलाई गाउँ गाउँ र टोल टोल पुगि संगठनलाई थप चुस्त दुरुस्त बनाउने निर्देशन समेत दिनु भयो र कार्यक्रमका अध्यक्ष यादवले समापन गर्दै अब हामी आफुलाई समय सापेक्ष परिवर्तन गरि संगठनको काम लाग्ने र छिटोभन्दा छिटो कार्यकारिणी समितिको बैठक बसि विभिन्न आयोगहरु समेत गठन गरि अगाडी बढ्ने कुरामा जोड दिनु भयो।

कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य हरेन्द्र चौरासीया, शेख खुर्सेद , जयनारायण पटेल, प्रदिप जयसवाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य जसपा जिल्ला कोषाध्यक्ष एवम् सखुवाप्रसौनीका उप मेयर शार्मिला महतो बिष्टले गरेका थिए र कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको सचिव अहमदले जानकारी गराएका छन।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM