Saturday, November 9, 2024
घरपत्रपत्रिकाईमानदार प्रहरीको जागिर धरापमा

ईमानदार प्रहरीको जागिर धरापमा

जनकपुरधाम । प्रस्ताबित गुल्म मैनाथपुरको मिलेमतोमा मैनाथपुर गुल्मको जिम्मेबारी इलाका धनुषाको चार ओटा बीओपी इनरवा, खजुरी, मैनाथपुर र धनौजी रहेका छन। इनरवाबाट ब्यापक नेपाली रक्सीको तस्करी हुदै आएको छ । खजुरीबाट छोटे, अहसानले नेपाली टूथपेस्ट, फेयर लबली क्रीम लगाएत अन्य नेपाली समानको तस्करी गर्ने गरेको छ । दुहबीबाट राजीब महासेठ जसको कपड़ा, किराना हार्डवेयर, अल्बेस्टर, अबैध गुटखा, धनुषाको सबैला, यदुकोहा, बिरेद्रबाजार, धनुषाधाम र जनकपुर सम्म पठाउने गरेको छ । महासेठले नेपालवाट रकसी, पेस्ट, चाइनिज स्याउ, बलुवा र गिट्टीको पनी तस्करी गर्ने गरेको छ। सशस्त्र प्रहरी गुल्म मैनाथपुर मैं अब्स्थित छ र दुहबी बॉर्डरमा २४ घण्टा ड्यूटी हुँदा पनि ड्यूटी बाला कै अगाड़ीबाट सयौ बाइकमा समान जान्छ । डयूटी बालाले रोकन खोज्दा मेरो DSP साबसीत क्लियर छ, घुमुवा चंद्रशेखर मंडललाई डीसपी सरको भाग दिएर पठाएको छु । घुमुवा चंद्र शेखर तस्कर महासेठ को समानको स्कोटिंग समेत गर्ने देखी लिएर तस्करी सीत सेटिंग मिलाउन माहिर छन् । सशस्त्र प्रहरी संगठनको नीति बिपरीत डीसपी मदन धानुकले जवान चंद्र शेखर मंडललाई घूमूवाको रूपमा परिचालन गरी कमाऊं धंदामा लागेको छ । यसरी जनकपुर सम्म आएको राजीब महासेठको समानको सम्पूर्ण सेटिंग जनकपुर भंसारको घुमुवा सरोज कुमार साहले मिलाउने गरेको छ। सर्बसाधारणको गुनशो घुमुवा चन्द्र शेखरले ठुलो ब्यापारीको समानको स्कोटिंग गरेर कटाउने र सानालाई सताऊने गर्ने गरेको छ। आफ्नो बेस को दाखिला देखाउन साना तीना तथा घरायसी समान समेत समातेर भंसार बुझाई दिने गरेको छ, र माथि को प्रेशर हो भनेर भन्ने गरेको छ भनी सर्ब साधारणको गुनासो छ। ड्यूटी बसेको एक जना हबलदारको गुनासो छ , की एक जवान (घुमुवा मंडल ) आएर हामीले रोकेको सामान छोड़ने हाकिम साबको लाइनको सामान हो भनेर हामीलाई थर्काएर जान्छ । हामीले रोकेको समान इंचार्जलाई रिपोर्ट गर्दा घुमुवा मण्डलसँग समन्वय गरेर छोड़्ने भनेर आदेश आउँछ । काम गर्न गाह्रो छ, राजीबको सामान आउँदा समान बोकेको मोटरसाइकिलको तस्कर हेरेर हामी देखेर पनि नदेखेको झै बस्नु पर्ने हुन्छ । घुमुकाका कारणले ड्यूटीवालको जागिर धरापमा परेको ईमानदार प्रहरीहरूको गुनासो छ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -