खेतबाटै चार लाख बराबरको टमाटर चोरी

0

काठमाडौं । केही दिनयता भारतभर टमाटरको मूल्य आकाशिएको छ । यसैबीच यसको चोरीका घटना पनि बाहिर आउन थालेका छन् ।

कर्नाटकमा एक किसानले साढे दुई लाख भारू (४ लाख नेपाली रूपैयाँ) बराबरको टमाटर चोरी भएको भन्दै उजुरी दिएका छन् । यसै क्रममा आन्ध्र प्रदेशमा पनि टमाटर चोरीको घटना बाहिर आएको छ ।

यो घटना कर्नाटकको हसन जिल्लाको हो । सोनमहल्ली गाउँपालिकाकी कृषक धरिणीले आफ्नो खेतबाट ५०–६० बोरा टमाटर चोरी भएको हलेबिडु प्रहरीमा उजुरी दिएकी छन् ।

उजुरीमा उनले भनिन्, ‘टमाटर खेती गर्न ऋण लिएका थियौं । त्यहाँ राम्रो बाली थियो र यस पटक मूल्य पनि राम्रो थियो। ५०/६० बोरा टमाटर चोरेर चोरहरूले हाम्रो बाँकी बाली नष्ट गरे ।’

महिलाका छोराले पनि यस विषयमा सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् । स्थानीय प्रहरीले पहिलोपटक आफ्नो प्रहरी चौकीमा टमाटर चोरीको उजुरी दिएको बताएको छ ।

अर्को तर्फ आन्ध्र प्रदेशको दोर्नाकलमा एक तरकारी बिक्रेताले २० किलो टमाटर चोरी भएको गुनासो गरेका छन् ।

इन्डिया टुडेको रिपोर्टका अनुसार लखपति नामका एक किसानले बुधवार राति उनको पसलबाट टमाटरका ३ क्यारेट र केही अन्य तरकारी चोरेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्