२०८२ मंसिर २० गते, शनिबार १८:५५

एमाले बिना विकास र समृद्धिको यात्रा अधुरो: भट्टराई

बर्दीवास/ नेकपा एमालेका केन्द्रिय सचिव एवं मधेश प्रदेश इंचार्ज योगेश भट्टराईले एमाले बिना बिकास र समृद्धिको यात्रा अधूरो रहने बताउनु भएको छ।

सोमबार महोत्तरीको बर्दीवासमा मधेश प्रदेश कमिटीको पूर्ण बैठकको उद्घाटन गर्नुहुँदै नेता भट्टराईले सो कुरा बताउनु भएको हो।

बैठकलाई सम्बोधनको क्रममा नेता भट्टराईले नेकपा एमालेले केन्द्र र मधेश प्रदेशमा सुविधाजनक बहुमतको सरकार नबनाई मधेशको विकास र सवृद्धिको यात्रा अधुरै रहने धारणा राख्नुभयो । उहाँले नेकपा एमाले दक्षिण एसियाकै सबैभन्दा चुस्त संगठन र सबैभन्दा व्यवस्थित पार्टी भएको विभिन्न अध्ययनले देखाएको दाबी गर्नुभयो ।

उर्बर माटो र सिर्जनशील जनशक्ति भएको मधेशमा एमाले मात्र उचित राजनैतिक नेतृत्व दिन सक्ने पार्टी भएकोले मधेश प्रदेशमा आक्रामक ढंगले पार्टी संगठनका कामलाई अगाडी बढाउने निर्णय सो बैठकले गरेको छ।

मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको वैठकले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ । यस्तै वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको बैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ ।

जनकपुरधामा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ ।

बैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गर्नुभयो ।

वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।

वैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु वाचन गर्नु भएको थियो ।

वैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई राशाइनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपवाट हुन सक्ने क्षती न्युनिकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद रोक्न, एमाले कार्यकर्ता एवं विभिन्न सोधासिधा जनतालाई झुटामुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेशमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाँडो बनाउन आदि विषयमा ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM