काठमाण्डौ/परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाग्यले नभई योग्यताले नै पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन ।
कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले योग्यता, पार्टीको विचार र चिन्तनले गर्द देउवा पाँच पटक प्रधानमन्त्री भएको बताएका हुन ।
उनले भने, ‘धेरै मान्छेले भन्छन् –शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् ।उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन।’पाँच– पाँच पटक कुनै पनि मान्छेलाई लट्री नपर्ने उनले बताएका छन ।
उनले भने, ‘तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ? , ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।
’नेतामा योग्यता, पार्टीको विचार र चिन्तनले देउवा पाँच पटक प्रधानमन्त्री भएको उनले बताए । ‘किनभने यो पार्टी सबै पार्टीलाई सँगसँगै लैजान सक्ने पार्टी हो।
अन्तराष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौं।’उनले लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सकिने भन्दै लोकतन्त्रमा सबैभन्दा भरपर्दो पार्टी कांग्रेस मात्र भएको बताएका छन्।