काठमाडौं। पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्।
प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई ठगी मुद्दामा पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका बरिष्ठ प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो।
ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो।