२०८३ बैशाख २५ गते, शुक्रबार ०१:२८

मध्यावधिको तयारी छैन: मुख्यमन्त्री कार्की

काठमाण्डौ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधिको तयारीमा नरहेको बताएका छन ।

शुक्रबार विश्वासको मत लिने कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको थियो ।प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ आवाश्यक पर्छ ।

कार्कीले विश्वासको मत नपाएसँग एमाले नेतृत्वको सरकार ढल्यो भने अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । प्रदेशसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले अब प्रदेशसभाको सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।

१६८(३) मा प्रदेशसभाको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । कार्कीले भने, ‘तीन हुनुपर्ने हो, २ को प्रक्रिया सकिएपछि तीन हुनुपर्ने हो, प्रदेश प्रमुखले जे आह्वान गर्नुहुन्छ, त्यही हुन्छ ।’

१६८(२) अनुसार सरकार गठनको आह्वान भए एमालेले नेतृत्व दाबी गर्छ भन्ने प्रश्नमा उनले नगर्ने बताए । प्रतिपक्षमा बस्ने हो भन्ने प्रश्नमा उनले भने, ‘परिस्थितिले जहाँ पुर्यापउँछ, त्यही बस्ने हो

’मध्यावधिबारे सोधिएको प्रश्नमा कार्कीले भने, ‘मध्यावधीको तयारीमा छैनौं, परिस्थितिले पुर्यायो भने जाने हो ।’

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM