Monday, April 29, 2024
घरक्राइम चेकबलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ

बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेला ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो । नेपाली सेनाबाट रिटार्यड भएपछि करिब २ वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -