काठमाण्डौ/पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सबै दल सम्मिलित राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले आलोपालो कुर्सी साटासाट गर्नुभन्दा प्रमुख दल सम्मिलित संयुक्त सरकार गठन उपयुक्त हुने बताए ।
निर्वाच प्रणालीका कारण उब्जिएको अस्थिरता, नेताहरुको अल्पदृष्टि र महत्वकांक्षा तथा भूराजनीतिको निरन्तरको दृश्य अदृश्य दबाब लगायतका कारण सबे दलको संयुक्त सरकार बन्नुपर्ने तर्क उनको छ । ‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन ।
विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्यरअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ भट्टराईले ट्वीट्मार्फत् भनेका छन्, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि ?’ थप जटिल बन्दै गएको भू–राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालीक मुद्दाहरूको सम्बोधन गर्नु उपयुक्त विकल्प हुने उनको सुझाव छ ।
अन्यथा समयले कसैलाई नपर्खने भट्टराईले चेतावनी दिए ।