Sunday, April 21, 2024
घरपत्रपत्रिकाभागी बिहे गरेर ल्याएकी श्रीमती पुरुष भएपछि...

भागी बिहे गरेर ल्याएकी श्रीमती पुरुष भएपछि…

लमजुङ/प्रेम विवाह गरेर ल्याएकी श्रीमती पुरुष परेको भन्दै एक युवकले प्रहरीमा उजुरी दिएका छन् ।

उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले श्रीमती पुरुष भएको भन्दै इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन् । राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ की युवतीसँग ६ महिनाअघि प्रेम विवाह गरेका थिए ।

६ महिनासम्म पनि ‘बेड सेयर’ गर्न नमानेपछि आफूले गोप्य अंग पहिचान गर्दा पुरुष भएको थाहा पाएकाले प्रहरीमा उजुरी दिएको राईले बताए । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

झट्टा हेर्दा महिलाजस्तो देखिने ती व्यक्तिको नाम राजु भएको बेलका–६ का वडाध्यक्ष वसन्त मगरले बताए । उनले सम्पत्ति हडप्ने उद्देश्यसहित पुरुषले महिला बनेर नक्कली विवाह गरेको बताए ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -