चार लाख घुस रकमसहित कर्मचारी पक्राउ

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित तीन जनालाई पक्राउ गरेको छ । आज झापास्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईमा कार्यरत कर्मचारीलाई ४ लाख घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेल छन् ।

उनीहरुले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरे बापत ४ लाख घुस सेवाग्राहीबाट मागेको अख्तियारले बताएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्