Sunday, April 21, 2024
घरसमाचारराजनीतिवैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त

वैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक जारी छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अगाडिबाट सुरु भएकाे हाे।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेकाे छ।

वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाउने बारेमा बैठकमा छलफल भइरहेकाे बताइएकाे छ।

अर्याललाई सञ्चार मन्त्रालयबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे सचिवमा राखिएको थियो।

मुख्यसचिव बैरागीलाई आर्कषक अफर दिएर अमेरिका पठाउने तयारी गरिएको छ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -