Wednesday, June 19, 2024
घरपत्रपत्रिकाअस्ट्रेलिया गएकी भनिएकी सांसद् मञ्जु खाँण संसद बैठकमा उपस्थित

अस्ट्रेलिया गएकी भनिएकी सांसद् मञ्जु खाँण संसद बैठकमा उपस्थित

काठमाडौँ/नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पति पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अष्ट्रेलियातर्फ गएको अनुमान गरिएकी सांसद मञ्जु खाँण शुक्रबारको संसद बैठकमा उपस्थित भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद् बैठकमै उपस्थित भएकी हुन्।

भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाँण पक्राउ परेपछि उनकी श्रीमतीले देश छाडेर अष्ट्रेलियातर्फ गएको दाबी विभिन्न सञ्चारमाध्यमले गरेका थिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -