२०८३ असार २० गते, शनिबार २०:५३

टोपबहादुरको घरमा प्रहरीद्वारा छापामारी

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ पार्न सकेको छैन।

आज प्रहरीले टोपबहादुरलाई खोज्दै रायमाझीको घरमा छापा मारेको छ ।

रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो । उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो। हाल उनी सम्पर्कविहीन छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM