– मणि शर्मा
अधिराज्यभरि राजालाई नागरिक अभिनन्दन गर्ने लहर चलेको छ । कतै यो राजालाई दलाई लामा बनाउने चाल त होइन ?
राजाको अभिनन्दनमा उर्लिने लाखौंको संख्याको भीड चुनाव आउँदा राजतन्त्र फर्काउने भन्छु भन्ने दललाई किन उपेक्षा गर्छ ? यो उपनिर्वाचनको नतिजा त झन लज्जास्पद छ । किन यो भीड ०४७ को संविधान फर्काउन सडकमा उत्रिन्न ? कतै राजसंस्था प्रति आस्था राख्ने दलहरूका नेताहरू प्रति विश्वास न भएर हो कि ? कतै चुनावमा हात्ती भएको कागजको टुक्रा, मासु-रक्सीको भोज, एक सरो लुगा वा मोबाइलको लोभमा राजालाई बिर्सेर हो कि ?
०४७ को संविधानलाई फर्काउँछौं भन्नेहरू किन यौटै धागोमा उनिन सक्दैनन् ? कतै यिनीहरू विदेशी मालिकको कठपुतली त भएका छैनन् ?
राजाको नागरिक अभिनन्दनको रमाइलो होइन कि राजसंस्था तथा सनातन धर्म सापेक्ष राष्ट्र पुनर्स्थापना गर्न सोच राखेकाहरू ! अब यो नागरिक अभिनन्दनको नौटङ्की बन्द गरेर लक्ष्यमा पुग्न तुमुल आन्दोलनको शङ्खघोष गरौं । अन्यथा चूप लागेर आफ्नो दुनो सोझ्याई राखौं । राजालाई देखाएर कहिले सम्म आफ्नो दुनो सोझो पार्ने हो ?
(शर्माको फेसबुक वालबाट)