२०८३ जेष्ठ २३ गते, शनिबार २२:२३

न्यायपालिका भित्रको भ्रष्टाचार अन्त्य गर्न बार पर्साद्वारा एक घण्टा धर्ना

वीरगंज/न्यायपालिका भित्र भ्रष्टाचार, बिकृति, बिसंगति बढेको भन्दै त्यसको अन्त्य गरी न्यायपालिकामाथि जनआस्था बृद्धिका लागि दबावमूलक कार्यक्रम अन्तर्गत नेपाल बार एशोसिएशन पर्साले मंगलवार एक घण्टा धर्ना कार्यक्रम गरेको छ।

“बिकृति, विसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिका: व्यवसायिक हक, प्रतिष्ठा र पेशागत मर्यादा”भन्ने मूल नाराका साथ “स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, न्यायपालिका भित्रको भ्रष्टाचार, बिकृति, बिसंगति अन्त्य गर, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीशको नियुक्ति अबिलम्ब गर, सर्बोच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर, संवैधानिक दायित्व पूरा गर, संवैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, संसदीय सुनुवाई समिति गठन गर लगायतका मागहरू राखी एक हप्तासम्म प्रत्येक दिन एक घण्टा धर्ना दिने कार्यक्रम अंतर्गत बार पर्साको आयोजनामा मंगलबार कानून व्यवसायीहरू पर्सा जिल्ला अदालत अगाडी धर्ना बसेको अधिवक्ता अनिरुद्ध प्रसाद सिंहले बताउनु भयो।

धर्नामा नेपाल बार एशोसिएशन पर्साका अध्यक्ष कमल मोहन पोखरेल, अधिवक्ता अनिरुद्ध प्रसाद सिंह, अधिवक्ता प्रेम साह, अधिवक्ता रामजी साह गोढ, अधिवक्ता अंजन कुमार नविन, अधिवक्ता संतोष श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM