Wednesday, September 11, 2024
घरप्रदेशकोशी प्रदेशधरान उपमहानगर प्रमुख हर्क साम्पाङद्वारा वडा अध्यक्षहरुको राजीनामा माग

धरान उपमहानगर प्रमुख हर्क साम्पाङद्वारा वडा अध्यक्षहरुको राजीनामा माग

काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईले कर्तव्य पूरा नगरेको आरोप लगाउँदै वडा अध्यक्षहरुको राजीनामा माग गरेका छन् ।

बिहीबार जारी गरिएको विज्ञप्तिमा कार्यपालिकाको बैठकमा नबस्ने तथा काम कारबाहीको जानकारी नगराउनेलाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिइएको छ ।

प्रमुख साम्पाङले संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक अधिकार दिन नमानेको देखिएकोले वडाहरुमा के कति काम भइरहेको छ सार्वजनिक गर्न विज्ञप्ति मार्फत निर्देशन दिएका छन् ।

बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । ’

कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन भन्दै विज्ञिप्तिमा भनिएको छ ‘जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाई आम धरानवासी जनताका साथै लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

‘विगत केही महिना देखि विना कुनै खास कारण पटक÷पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकारमाथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु’, प्रमुख साम्पाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -