२०८२ पुष १६ गते, बुधबार ०८:४१

मिटरब्याज पीड़ित ‘निर्णायक संघर्ष’ गर्ने तयारीमा 

काठमाडौं/ मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति, नेपालले सरकारले व्यक्त गरेको प्रतिबद्धतामा विश्वास नभएको बताएको छ । आइतबार एक वक्तव्य जारी गर्दै संघर्ष समितिले सरकारले गरेको प्रतिबद्धतामा आफूहरूलाई शंका उत्पन्न भएको बताएको हो ।

सरकारले पीडितसँग यसअघि पनि पटकपटक मिटरब्याजी सुदखोरलाई कारबाही गर्ने प्रतिबद्धता जनाएर कारबाही नगरेकोले आफूहरूलाई विश्वास नभएको संघर्ष समितिको जिकिर छ ।

‘सरकारी टोली र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच भएको सम्झौताले हामीमा सरकारको प्रतिबद्धता प्रति संशय उत्पन्न भएको छ । असोज १ गते हाम्रो संघर्ष समितिसँग यस्तै अन्तर्यको सम्झौता भएको थियो । हाल केवल आयोग गठन गर्ने बुँदा नयाँ छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘आयोग गठनले समस्या समाधान गर्ने छैन, बरु लम्ब्याउने छ ।’

सरकारले आफूहरूसँग सम्झौता गरेपछि तीनवटा परिस्थिति उत्पन्न भएको उसको भनाइ छ । ‘एक मिटरब्याज पीडितका जाहेरी जिल्ला प्रशासन कार्यालयले लिइरहेको छ । तर कानुनको अभावमा धेरै जाहेरी कारबाही प्रक्रियामा जाँदैनन् । उल्टै प्रशासनको दबावमा प्रचलित कानुनले तोकेको १० प्रतिशत व्याज विपरीत कतिपय मुद्दा अन्यायपूर्ण तरिकाले जबरजस्ती मिलाइन्छ । प्रशासनले न्यायपूर्ण ढङ्गले हल गर्न खोजेको सन्दर्भमा समेत सुदखोरहरूले अदालत दुरुप्रयोग गरेर मुद्दामाथिको कारबाही निष्प्रभावी बनाइरहेका छन्,’ वक्तव्यमा उल्लेख छ ।

उसले दोस्रो कारणका रुपमा भनेको छ, ‘फर्जी तमसुकको बलमा साहु महाजनले धमाधम अदालत मार्फत किसानको जमिन हड्पिरहेका छन् । मिटरब्याजका तमसुक अवैध ठहर गर्दै अदालतमा जारीमा मुद्दा प्रक्रियालाई स्थगित नगरे किसानहरू भूमिबाट बेदखल हुने गति तीव्र हुन्छ । अहिलेको चुनौती नै यस्तो अवस्था तत्काल रोक्नु हो ।’

साहु महाजनले पीडित किसानलाई तमसुकसँगै चेकको सहारामा रकम प्रवाह गर्न बाध्य बनाइरहेको आरोप संघर्ष समितिले लगाएको छ । संघर्ष समितिले मिटरब्याजविरुद्ध भोलि सोमबार २० गतेदेखि काठमाडौंमा निर्णायक आन्दोलन गर्ने पनि बताएको छ ।

‘हाम्रो संघर्ष समितिले देशका विभिन्न भागबाट पीडितलाई काठमाडौमा केन्द्रिकृत गर्दै यही चैत २० गते देखि निर्णायक संघर्ष गर्ने तय गरेको छ । सो संघर्षमा सहभागी भई आर्थिक न्यायको संघर्षलाई निर्णायक मोड दिन सम्पूर्ण मिटरब्याज पीडितहरूमा अपिल गर्दछ,’ संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकार र मिटरब्याज पीडित किसानबीच शनिबार ५ बुँदे सम्झौता भएको थियो ।

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM