२०८३ असार २१ गते, आईतवार ०९:५१

बाराकी बुहारी रंजु दर्शनालाई चुनाव लड्न दबाव

कलैया/ आउँदो बैशाख महिनामा हुन लागेको उप निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २बाट चुनाव लड्न विवेकशील साझा पार्टीकी महासचिव रंजु दर्शनालाई दबाव परेको छ।

अमलेखगंजकी बुहारी दर्शना शिक्षित, दक्ष र नयाँ पुस्ताकी एक कुशल नेतृको रुपमा उदयीमान व्यक्तित्वको रुपमा स्थापित हुने संभावना बोक्ने बेदाग़ छविको रुपमा परिचित भएकोले पनि बारा क्षेत्र नम्बर-२ का बासिन्दाहरूले यसपटकको निर्वाचनमा रंजु दर्शनाले उम्मेदवारी दिए विजयी हुने संभावना रहेको बताएका छन्।

सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय प्रसाद यादव उप राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएपछि वैशाखमा उप निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM