२०८३ जेष्ठ ५ गते, मंगलवार ११:३४

स्रोतबिहिन ९२ लाख बराबरको सम्पत्ति थुपारेका गाउँपालिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ । उनको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अदालतमा मुद्दा दायर गरेको हो ।

उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसाको स्रोत नखुलेको अख्तियारले जनाएको छ । २०७४ असार २१ देखि २०७८ फागुन ३० सम्ममा उनको सम्पत्ति विवरण अनुसन्धान गर्दा झण्डै ९२ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारको आरोप छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM