मन्त्रीपरिषद विस्तारको प्रकृया आजै: प्रम दाहाल

0

काठमाडौँ/प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै सुरु गर्ने बताएका छन्।

राष्ट्रपति निर्वाचनबारे आठ दलको अभिमुखीकरण तालिमबाट बाहिरिँदै बिहीबार संचारकर्मीहरुसंग कुरा गर्दै प्रम दाहालले प्रकृया शुरू गर्ने बताए पनि कस्तो प्रक्रिया सुरु हुने भन्ने स्पष्ट भने पारेनन्।

फागुन २५ का लागि राष्ट्रपति निर्वाचन निर्धारित छन्। कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई माओवादी, समाजवादीसहित ८ दलको समर्थन छ।

प्रधानमन्त्री दाहालले यो गठबन्धन ५ वर्ष नै टिक्ने दाबी पनि सञ्चारकर्मीहरुसँग गरे।

गत पुस १० गते एमालेको सहयोगमा प्रधानमन्त्री बने पनि दुई महिनामै कांग्रेससँग मिलेका दाहालले आठ दलको यो गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका हुन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्