काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागीहरुले दिएको राजीनामा स्वीकृत भएको छ।
आइतबार दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले उनीहरुले सम्हालेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी छिन्।
रास्वपाबाट सरकारमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पार्टी निर्णय बमोजिम राजीनामा बुझाएक थिए।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार अनाल र अर्यालले सम्हाल्दै आएको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको हो।