वीरगंज/अर्थमन्त्री विष्णु पौडेल वीरगंज आउन लागेका छन्। प्रेस चौतारी नेपाल केन्द्रिय समितिको बैठक एवं केन्द्रिय प्रशिक्षणको उद्घाटन गर्न अर्थमन्त्री पौडेल वीरगंज आउन लागेको प्रेस चौतारी नेपालले जनाएको छ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पर्साको केन्द्रीय कमिटीको बैठक तथा केन्द्रीय प्रशिक्षण वीरगंजमा हुने भएको छ । केन्द्रीय प्रशिक्षण तथा बैठकको तयारीकालागि प्रेस चोतारी नेपाल पर्साले तयारी शुरु गरेको छ ।
माघ २९ र फाल्गुण १ गते वीरगंजमा आयोजना गरिने सो कार्यक्रम भव्य एवं सभ्य रुपमा सफल पार्ने निर्णय प्रेस चौतारी पर्साको बुधबार बसेको बैठकले गरेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका प्रेस चौतारीकर्मी केसी लामिछानेले बताउनु भयो।
प्रशिक्षण तथा बैठकको उद्धघाटन नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेको प्रमुख आतिथ्यतामा हुने प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष श्याम बन्जाराले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका अन्य पदाधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय कमिटी, प्रदेशका अध्यक्ष र महासचिवको सहभागिता रहने चौतारीका मधेश प्रदेशका सह इन्चार्ज अच्यूत पौडेलले जानकारी दिए ।
बैठकले कार्यक्रम सफल पार्न बिभिन्न ६ वटा उपसमिति निर्माण गरेको छ । आर्थिक उपसमितिको संयोजकमा शाखा अध्यक्ष श्याम बन्जारा, अतिथि सत्कार उपसमितिमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, प्रचार प्रसार उपसमितिमा कबिता खड्का, मञ्च व्यवस्थापन उपसमितिमा सफल खतिवडा, खाद्य व्यवस्थापन उपसमितिमा ग्यासु मियाँ देवान र आवास व्यवस्थापन उपसमितिको संयोजकमा तुलसी भण्डारीलाई चयन गरिएको चौतारीले जनाएको छ।
बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, प्रेस चौतारी नेपालका मधेश प्रदेशका सह इन्चार्ज अच्युत पौडेल, केन्द्रीय सदस्य शत्रुघ्न नेपाल, प्रेस चौतारी नेपालका महेशचन्द्र गौतम, लालबाबु शेख, बानका मधेश प्रदेश अध्यक्ष आशिक अंसारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, राकेश साह, संतोष पटेल, आरोहण साह लगायतको उपस्थिति थियो ।