२०८३ जेष्ठ १ गते, शुक्रबार १२:२४

गुणस्तरहीन मोबिलसहित दुई पक्राउ

वीरगंज/प्रहरीले वीरगंजबाट गुणस्तरहीन मोबिलसहित दुई जनालाई पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका-३ छपकैयामा रहेको समसुन ट्रेडर्सका सञ्चालक शेष आविद अली र वीरगंज-१७ अलौ बस्ने शेष कौशललाई पक्राउ गरेको हो।

सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा भण्डारण गरी राखिएको विभिन्न नाम र तौलमा प्याकिङ गरी तयार पारिएको मोबिल १ हजार ५० लिटर, २ सय एमएलको ४५ डिब्बाको ब्रेक आयल, डिस्टिलड वाटर, ग्यालेनहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई कालो बजारीअन्तर्गतको कसूरमा सात दिनको म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM