Tuesday, October 15, 2024
घरप्रदेशविद्युत प्राधिकरणको महशुल नतिर्दा कालिकामाइको लाईन काटियो

विद्युत प्राधिकरणको महशुल नतिर्दा कालिकामाइको लाईन काटियो

वीरगंज/ पर्साको कालिकामाई गाउँपालिकामा हुँदै आएको बेथिति तथा ढिलासुस्तीका एक पछि अर्को खबरहरू चन्द्रसूर्य वाणीलाई प्राप्त हुन थालेका छन्।

पालिका स्थित स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव, सामुदायिक विद्यालयमा हुने दिवा खाजा कार्यक्रम प्रभावित जस्ता खबरहरू यस पत्रिकाले प्रकाशन गरेपछि सो पालिकामा हुने अनेक शीर्षकको काममा व्यापक अनियमितता र ढिलासुस्तीका प्रमाणहरू विभिन्न स्रोतबाट आउन थालेका छन्। जसलाई हामीले क्रमशः प्रकाशन गर्दै जानेछौँ ।

 

प्राप्त पछिल्लो खबर अनुसार कालिकामाई गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणलाई तिर्नु पर्ने महशूल नतिर्दा बुधबार देखि प्राधिकरण लाईन काटीदिएको छ।

 

चालु आर्थिक मसान्तको एक लाख ५० हजार भन्दा बढ़ी बक्यौता रकम पालिकाले समयमा भुक्तानी नगरे पछि विद्युत प्राधिकरणले लाईन काटिदिएको बताईएको छ।

पालिकाको विद्युतीय लाइन काटिएपछि यतिखेर पालिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू प्रभावित भएका छन्।

स्थानीय सर्वसाधारणलाई सहजता होस भनेर सिंह दरबारको अधिकार गाउँघरमा भन्ने नाराका साथ स्थापित स्थानीय तहको सरकार कर्मचारीको मनपरीले गर्दा असफल हुने र स्थानीय जन प्रतिनिधिको सरकारप्रति बितृष्णा बढ़दै गएको देखिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका नियमक निकायले तदारूकताका साथ अनुगमन, निगरानी र कारवाही नगर्दा स्थानीय तहमा बेथिति बढ्दै गएको बताइन्छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -