एकै दिन २९ लाख भन्दा बढ़ी मूल्य बराबरको अवैध कपड़ा र अगरबत्तीको धूलो बरामद

0

काठमाण्डौ/ सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले सिरहाको बिभिन्न स्थानबाट एकै दिन २९ लाख भन्दा बढ़ि मूल्य बराबरको अवैध कपड़ा र अगरबत्तीको धूलो बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले दिनु भएको जानकारी अनुसार बुधबार दिउँसो ०२:३० बजेको समयमा जिल्ला सिरहा, नवराजपुर गा.पा. ०५ मैनहा भन्ने स्थानमा विशेष सुराकीको आधारमा स.प्र.ना.उ. खड्क बहादुर शाहीको कमाण्डमा ४७ जना, स.प्र.बल नेपाल बि.ओ. पि. नवराजपुरबाट ११ जना र ई.प्र.का. झाझपट्टीबाट प्र.ना.नि. बिश्वबाबु बुढाथोकीको ०५ जनाको संयुक्त टोलिले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याई ऐ. ऐ. बस्ने अ.बर्ष ३२ को संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाई छुपाई राखेको १६लाख २२ हजार चार सय रुपैयाँ मूल्य बराबरको कपडा र अगरबत्तिको धुलो बरामद रिएको थियो।

त्यस्तैगरि बुधबार दिउँसो १:३० बजेको समयमा नवराजपुर गा.पा. ५ झाँझपट्टी स्थित ऐ.ऐ. वस्ने विनोद यादवको घर नजिकै अन्दाजी मुल्य रु. पाँच लाख मूल्य बराबरको एक सय २० बोरा अगरबत्तिको धुलो अबैध रुपमा लुकाई राखेको अवस्थामा सप्रनाउ निलकमल आचार्यको कमाण्डमा ५५ जना, ई.प्र.का. लहानबाट प्र.नि. कृष्ण खत्रीको २० जना र भन्सार कार्यालय ठाडी इनर्वाबाट ना.सु. बिनय चौधरीको तीन जनाको संयुक्त टोलीले बरामद गरेको थियो।
त्यसरी बरामद सामग्री आवश्यक कारवाहीको लागि भंसार कार्यालय तर्फ लैजाने क्रममा गाडीमा स्थानीयले ढुङ्गामुढ़ा गरेका थिए। स्थानीयको ढूंगामुढाबाट नं ७ गण हे.क्वा. सिरहाको बा १ ग २०५५ नम्बरको ट्रकको आगाडीको सीसा चर्केको डीआईजी मगरले बताउनु भयो।

त्यसैगरि १५:३० बजेको समयमा नवराजपुर गा.पा. ५ मेनहा स्थित ऐ. ऐ. बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरामा अन्दाजी मुल्य रु. पाँच लाख ५० हजार बराबरको १६० बोरा अगरवत्तिको
धुलो अबैध रुपमा लुकाई राखेको अवस्थामा सप्रनाउ निलकमल आचार्यको कमाण्डमा ५५ जना र ई.प्र.का. लहानबाट प्र.नि. कृष्ण खत्रीको २० जनाको संयुक्त टोलीले बरामद गरी भन्सार कार्यालय ठाडी इनर्वामा बुझाउने प्रकृयामा रहेको डीआईजी मगरले बताउनु भयो ।
त्यस्तै १६:२५ बजेको समयमा ऐ. जिल्ला नवराजपुर गा.पा. ३ जगतपुर स्थित ऐ.ऐ. बस्ने शिवनारायण यादवको आगनमा अन्दाजी मुल्य रु.दुई लाख ५०,हजार बराबरको ७२ बोरा अगरवत्तिको धुलो अवैध रुपमा लुकाई राखेको अवस्थामा सप्रनाउ निलकमल आचार्यको कमाण्डमा ५५ जना र ई.प्र.का. लहानबाट प्र.नि. कृष्ण खत्रीको २० जनाको संयुक्त टोलीले बरामद गरी भन्सार कार्यालय ठाडी ईनर्वामा बुझाउने प्रकृयामा रहेको डीआईजी मगरले बताउनु भयो।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्