२०८३ बैशाख २७ गते, आईतवार १४:४३

डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त

काठमाण्डौ/सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस भएका छन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवक्ता पाेखरेललाई महान्यायाधिवक्ता पदमा सिफारिस गरेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले महान्यायाधिवक्ताको सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्ति दिने प्रावधान छ।

अधिवक्ता पाेखरेललाई आज नै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनेछिन्।

पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रूपमा पनि काम गरिसकेका थिए।

पोखरेल नेपालको संविधानको धारा १५७ (१) बमोजिम महान्यायाधिवक्ता हुँदै छन्। संविधानको धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM