Tuesday, June 18, 2024
घरपत्रपत्रिकानवगठित मन्त्रीपरिषदको पहिलो बैठक बस्यो

नवगठित मन्त्रीपरिषदको पहिलो बैठक बस्यो

काठमाण्डौ/मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

नवनियुक्त प्रधानमन्त्री दाहालले आजै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएसँगै ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष शपथ खाएका थिए।

उपप्रधानमन्त्री तथा अर्थमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -