कालिकामाई गाउँपालिकामा कमिशन आतंक

0

वीरगंज/देश संघीय संरचनामा गएपछि जन साधारणलाई शिक्षा, स्वास्थ्य लगायतका अति आवश्यकीय कार्यहरूमा सहजता पाइनुका साथै विकास निर्माणको कामले तीव्रता पाइन्छ भन्ने आशालाई पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख लेखापालको कमिशन आतंकले निराशामा परिणत गरिदिएको जन गुनासाहरू सुनिन थालिएको छ ।

हामीलाई प्राप्त खबर अनुसार कालिकामाई गाउँपालिकामा कार्यरत लेखाप्रमुख अभिषेक शाहले बिना कमिशन कुनै पनि बिल पास गर्दैनन् । लेखाप्रमुख शाहको मनपरीका कारण समयमा कर्मचारीको तलब पाउँदैनन् । पालिकामा रहेका विद्यालयहरूमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमको भुक्तानी समयमा नगर्दा कार्यक्रम प्रभावित भएको स्थानीयहरूले गुनासो गरेका छन् ।

त्यति मात्र नई लेखा अधिकृत साहले निर्माण व्यवसायी र सप्लायर्सहरूसँग अग्रिम कमिसन लिएर मात्र भुक्तानी गर्ने गरेको नाम नछाप्ने शर्तमा एकजना सप्लायर्सले चन्दसूर्यलाई बताए ।

लेखाप्रमुख साहले “सामान कम वितरण गरेर बढी मूल्यको बिल भर्पाई लिएर आउनुस्, मलाई कमिसन चहिन्छ । नत्र भुक्तानी गर्दिन” भनेर ठेकेदार र सप्लायर्सहरूलाई भन्ने गरेको ती सप्लायर्सले बताए ।

पालिकास्थित सबै स्वास्थ चौकी र प्राथमिकता स्वास्थ केन्द्रमा नेपाल सरकारले सर्वसाधारणलाई उपलब्ध गराउने भनेको नि:शुल्क औषधिको अभाव भएको दुई महिना भन्दा बढी बितिसक्दा पनि पालिकाले उपलब्ध नगराएको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले बताउनु भयो । चौरसियाका अनुसार पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी महिनामा दुई तीन दिन मात्र कार्यालय आउने, अरु बेला राजनीति गर्ने र जहिले पनि मोबाइलको स्वीच बन्द गरेर राख्ने गरेको समेत बताउनु भयो । पालिकाभित्र रहेका स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा भएका समस्याबारे जानकारी गराउन पटक पटक कार्यालय जाँदा प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कहिल्यै भेट नहुने समेत स्थानीयहरू बताउँछन् ।

औषधि लगायतका भुक्तानी ढिलाई भैरहेको सन्दर्भमा पालिकाका अध्यक्षले लेखाअधिकृत साहलाई आग्रह गर्ला आफू विदामा सौराहा घुम्न आएकाले र आफूलाई समय भ्याएपछि मात्र काम गर्छु भन्ने जवाफ दिएर फोन काटिदिएका थिए । एकजना स्थानीयले पालिकामा भइरहेको अनियमितता, ढिलासुस्ती र मनपरीको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई जानकारी गराउँदा स्थानीय सरकारले हेर्ने भनेर पन्छिएकाले प्रमुख प्रशासकीय अधिकृत गिरी एवं लेखाअधिकृत शाहको मनपरी आतंक बढेको गुनासो गरे ।

यस सन्दर्भमा बुझ्न प्रमुख प्रशासकीय अधिकृतको मोबाइलमा सम्पर्क गर्न खोज्दा स्वीच अफ रहेको पाइयो भने लेखाअधिकृत अभिषेकले फोन उठाएनन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्