प्रचण्ड बने माओवादीको संसदीय दलको नेता

0

काठमाडौँ/ माओवादी केन्द्रले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको छ।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता र हितराज पाण्डेलाई प्रमुख सचेतक चयन गरेको हो।

संसदीय दलको बैठक अघि पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो।

बैठकले दाहाललाई दलको नेता र पाण्डेलाई प्रमुख सचेतक बनाउने पार्टी निर्णयलाई दलले अनुमोदन गरेको हो।

माओवादीले राष्ट्रियसभा संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ बनाउने भएको छ। प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे नियुक्त भइसकेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्