२०८३ बैशाख २५ गते, शुक्रबार १७:३०

सांसदहरुको शपथअघि बिहिबार सर्वदलीय बैठक बस्ने 

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथ ग्रहण पहिले संसद्का ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी भोलि सर्वदलीय बैठक आह्वान गरिएको हो।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ राखिएको छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको हो ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) का नेताहरुलाई बोलाइएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM