पेट्रोलियम ईंधनको मूल्य घट्यो, अब कति ?

0

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ पर्ने निगमले जनाएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटाइएको छैन। भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य घटाएर पठाएसँगै नेपालमा मूल्य घटेको निगमले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्