Sunday, November 10, 2024
घरप्रदेशपर्सा नाका तस्करको कब्जामा, रोकिएन तस्करी

पर्सा नाका तस्करको कब्जामा, रोकिएन तस्करी

वीरगंज/ सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशको सीमावर्ती जिल्लाबाट हुने अवैध तस्करी नियन्त्रण गर्न असमर्थ भएको देखिएको छ। पर्सा जिल्लाका सीमावर्ती क्षेत्रबाट समेत तस्करी रोक्न प्रहरी असफल देखिएसँगै पर्सा जिल्लाका नाकाहरू तस्करको नियन्त्रणमा पुगेको विभिन्न घटनाक्रमले पुष्टि हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा, अन्तर्गतका प्रहरी कार्यालयहरू समेत तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३गण हेक्वा पर्सा समेतले वीरगंज क्षेत्रभित्रबाट गोदाम एवं गाडीबाट धमाधाम छापामारी गर्ने र तस्करी गरि ल्याइएका सामानहरू बरामद गरेपछि पर्साका विभिन्न नाकाहरूमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट समेतको संरक्षणमा तस्करी भैरहेको पुष्टि हुन्छ।

पछिल्लो पटक प्राप्त खबर अनुसार पर्साका केही नाकाहरूबाट अहिले तस्करी धन्दा शुरू हुन थालेको छ । बुडगाई, टिहुकी, ड्राइपोर्ट र भिश्वा नाकाबाट तस्करी धन्दा शुरू भएको छ ।

बुडगाई र टिहुकीबाट भारतीय धान ठूलो मात्रामा तस्करी भई नेपाल भित्री रहेको छ भने सख्खरको तस्करी पनि भैरहेको छ ।बुडगाई र टिहुकी स्थित प्रहरी चौकीका असईहरू हरेन्द्र प्रसाद साह र राम उदगार महत्तोले तस्करीको लाइन दिएपछि यी नाकाहरूबाट धान र सख्खरको तस्करी धन्दा शुरू भएको हो ।

यसैसाता मात्रै यी दुई चौकीका प्रमुखले तस्करीको लाइन दिएपछि सख्खरको तस्करी गरेका साहेव मियाँको सख्खर मधेशप्रदेश स्थित प्रहरीका डिआइजीले परिचालन गरेका घुमुवाले नियन्त्रणमा लिएका छन् । तर ती घुमुवाले पनि चार ट्याक्टर सख्खर बरामद गरेकोमा तीन ट्याक्टर मात्रै भन्सार बुझाएर एक ट्याक्टर रकम असुली छोडिदिएका छन् । ती घुमुवाले रकम असुली छोडेको जानकारी प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेको समेत थाहा भएको छ ।

ड्राइपोर्टबाट पनि कपडाको तस्करी भैरहेको छ । बिबेक नाम गरेको तस्करलाई कपडा तस्करीको लाइन दिएको खुलेको हो । यसैगरी भिश्वा नाकाबाट पनि तस्करी धन्दा चलेको छ । लड्डु नाम गरेका व्यापारीले भिश्वाबाट क्यारिङ गरेर सिक्टामा पप्पु यादव नाम गरेका भारतीयलाई तस्करीको सामान पुर्याउने गरेको समेत त्यहाँका स्थानीय व्यवसायी बताउँछन् । प्रहरी चौकीको पछाडि चमार गाउँ बाट २५ देखि ३० जना भरिया प्रयोग गरि लड्डुले क्यारिङ गर्ने गरेको समेत स्थानीयको भनाइ छ ।

गण १३ पर्साका सशस्त्र प्रहरी उपरीक्षक काठमाण्डौ रहेको मौका छोपेर भिस्वा, ड्राईपोर्ट, जानकीटोला, प्रसौनी, अमरपट्टी लगायतका नाकाबाट यतिखेर रांगा भैँसी, खाद्यान्न, काजु, मोटर पार्ट्स, कपड़ा लगायतको काम गरेवापत तस्करहरुले मधेश प्रदेशका नेपाल र सशस्त्र प्रहरीका डीआईजी समेतको लागि छुट्टै नजराना बुझाउने गरेकोले तस्करीको लाइन निर्वाध संचालनमा आएको बताइन्छ।

त्यस्तै पर्साका अन्य केहि नाकाबाट पनि रक्सी, माछा, कबाड़, लागु औषध गाँजा, कपड़ा, मोटर पार्ट्स, किराना, हार्डवेयर, कम्प्यूटर पार्ट्स समेतको तस्करी भैरहेको खबरहरू निरन्तर प्रकाशन गर्दै जानेछौँ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -