२०८३ जेष्ठ १ गते, शुक्रबार १६:०९

विश्व अपाङ्ग दिवसमा चियापान कार्यक्रम

वीरगंज/३१ औँ विश्व अपाङ्ग दिवसको अवसरमा अपाङ्ग कल्याण संघ पर्साले वीरगंजमा चियापान कार्यक्रमको आयोजना गरेको छ।

नेपाल अपाङ्ग संघ पर्सा जिल्ला अध्यक्ष संजय कुमार सर्राफको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव अरविन्द कुमार मिश्रा, कोषाध्यक्ष राहुल कुमार साह सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“अपाँगताको मात्र होइन, अपाङ्ग व्यक्ति गुणको पनि पहिचान गरौँ” भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रमका सहभागीहरूले राज्यले अपांग एवं फरक क्षमता भएका व्यक्तिहरूको समस्याप्रति गंभीर नरहेको, अपांगलाई समान अवसर र समुचित व्यवस्थापन हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM