२०८३ जेष्ठ १ गते, शुक्रबार १६:१२

भित्तेपत्रिका प्रकाशन सम्बन्धि तालिम सम्पन्न

मंसिर १५ गते

गाैर। चाईल्ड नेपालको आयोजनामा भित्तेपत्रिका प्रकाशन सम्बन्धि तालिम खेसरहियामा बुधवार सम्पन्न भएकोछ । बालवालिकामा रहेको प्रतिभालाई पत्रिकाको माध्यमले प्रष्फुटन गराउने उदेश्यले तालिम आयोजनागरिएको आयोजक संस्थाका मनोज कुमार याबलेजानकारी दिनु भयो ।सो दुई दिने तालिममा नेपाल पत्रकार महासंध राैतहटका अध्यक्ष प्रेमचन्द्र झाले सहजिकरण गर्नु भएको थियाे । माधवनारायण नगरपालिकाको ४ वटा माध्यमिक विधालयका ५/५ जना गरि २० जना वालवालिकाको सहभागितामा तालिम सम्पन्न भएको चाईल्ड नेपालका फिल्ड सुपरभाईजर रेखा साहले बताउनु भयो । हरेक हप्ता शनिवारका दिन पारेर सहभागि चारवटा बाल कल्बका वालवालिकाले अलग अलग नामले भित्ते पत्रिका प्रकाशन गर्ने प्रतिवद्वता जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM