काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट दुई घाईते

0

धनगढी । कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबिच कुटाकुट भएको छ।

शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा काँग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबिच कुटाकुट भएको हो । कुटपिट हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

४१ वर्षीय काँग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबिच कुटाकुट भएको बताइएको छ। दुवै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै हिक्मतको टाउकोमा चोट लागेको र रतनबहादुरको चिउँडोमा चोट लागेको प्रहरीले बताएको छ। अहिले उनीहरूलाई उपचारका लागि धनगढी रिफर गरिएको छ। झगडाको कारण भने खुलेको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्