वीरगंज/नक्कली मतपत्र र नगदसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगंजको बसपार्क सडकखण्डबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले दुई लाख नगद र नक्कली मतपत्रसहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बाराको कलैयाबाट वीरगंज आएको बा. १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको हो।
पक्राउ पर्नेमा बाराको कलैया-१८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगंज-१६ इनर्वाका राजन सिंह रहेका छन् ।