पर्सा । चुनाव जित्ने अवस्था नदेखिएपछि पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियाँले चुनाव जित्न अब जातीय र साम्प्रदायिकता भड्काउँने प्रयास गरेका छन । विगतको उनको काम कारवाहीले गर्दा जनता असन्तुष्ट छन । उनलाई मन पराई रहेका छैन । चुनावी माहौल पनि उनका प्रतिद्धन्द्धी रमेश रिजाल प्रति बन्दै गईरहेको चिन्ता पनि उनलाई सताई रहेको छ ।
चुनाव हार्ने निश्चित भएपछि अब उनले जातीय र साम्प्रादायिकता भड्काउँने खेलमा लागेको एक भिडियोले पुष्टि गरेको छ । नेकपा एमाले – जसपा गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा एमालेका उम्मेदवार मियाँले चुनावी सभाका क्रममा मधेसी पहाडी बिच साम्प्रदायिकता फैलाउने गरि दिएको अभिव्यक्तिको भिडियो सोशल मिडियामा अहिले टे«न्ड गरीरहेको छ । भिडियो हेरर जनताले उनको आलोचना गर्दै साम्प्रदायिकता भड्काउँने प्रयास गर्ने मियाँलाई कडा कारवाहीको माँग समेत गरीरहेका छन ।
मियाँले जातीय र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै निर्वाचन आयोगमा उजुरी समेत परीसकेको छ । मियाँले चुनावी सभाका क्रममा मधेसी पहाडी बिच साम्प्रदायिकता फैलाउने गरि अभिव्यक्ति दिएको भन्दै त्यहि क्षेत्रबाट प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार उजुरी दिएका हुन् । रिजालले मियाँ विरुद्ध कारबाहीको माँग गर्दै निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय पर्सा र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत उजुरी पठाएका हुन् ।
रिजालले मियाँ विरुद्ध कारबाहीको माग गर्दै निर्वाचन आयोग , जिल्ला निर्वाचन कार्यालय पर्सा र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत उजुरी पठाएका हुन् । रिजालले दिएको उजुरीमा भनिएको छ– पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मङगलबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानुनको धज्जी उडाउनुका साथै मधेसी–पहाडी समुदाय विच द्धन्द भड्काउने काम गरेकाले मियाँ विरुद्ध आवश्यक कारबाहीको माग गर्दछु ।
निर्वाचन आचार संहिता २०७९ को दफा १३ को १ (ब) मा कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचार प्रसार गर्न वा मत माग्न नुहुने व्यवस्था गरेको छ । एमालेका उमेदवार मियाँले सामाजिक सदभाव भड्काउने गरी दिएको अभिव्यक्ति सहितको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत पठाएको काँग्रेस उमेदवार रिजालले बताए ।
निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा २२ को १ (ग) मा कुनै धर्म जातजाती वर्ग,क्षेत्र वा सम्प्रदाय बिचको सम्बन्धमा खलल पु¥याउने वा हिंसात्मककार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रियताको आधारमा घृणा वा विद्वेष उत्पन्न गर्न नहुने व्यवस्था छ । उक्त दफाको (२)मा यस्तो कसुर गर्नेलाई २ लाख रुपियाँ जरीवाना र ३ बर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।
हेर्नुस भिडियो