२०८३ जेष्ठ ४ गते, सोमबार ००:१०

पर्सा क्षेत्र १ (२)मा युवादेखि बृद्धासम्मको रोजाईमा सर्राफ

वीरगंज/चुनावको मिति नजिकिदै जाँदा पर्सा निर्वाचन क्षेत्र १ को २ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता ओम प्रकाश सर्राफ प्रति युवादेखि बृद्धसम्मको आकर्षण बढ़दै गएको पाईएको छ।

सर्राफका प्रतिष्पर्धी उम्मेदवार मधेश प्रदेशका मुख्यमंत्री मोहम्मद लालबाबु राउत गद्दीले आफ्नो कार्यकालमा सिंगो मधेश प्रदेशलाई भ्रष्टाचारको आहालमा डुबाएको, जातीय, साम्प्रदायिक दंगालाई बढ़ावा दिएको, भेदभाव गरेको पर्सावासीको भावना र प्रतिष्ठासँग खेलवाड़ गरेको आरोप लगाउँदै मतदाताहरुले आगामी चुनावमा ओम प्रकाश सर्राफलाई नै रोज्ने सोंच बनाएको घरदैलोको क्रममा भन्ने गरेका छन्।

घरदैलोका क्रममा ओमप्रकाश सर्राफले राष्ट्र निर्माणको लागि लौरो(छडी) छापमा मतदान गर्न आग्रह गरेका छन् ।

यसैक्रममा वीरगंज महानगरपालिका वडा नम्बर १६ को शिवम टोलमा पनि चुनावी घरदैलो गर्न पुगेका सर्राफलाई स्थानीयले समर्थन गर्दै स्वागत गरेका छन् । मतदातासँगको भेटघाटमा सर्राफले जनताले देखेका सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सही मुल्यांकन गरेर मत दिन आग्रह गरे ।

यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै सर्राफले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

सर्राफले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन, धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ, त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

चुनावी घरदैलो कार्यक्रममा समुनापतिक उमेदवार गुड्डी जोशीको पनि सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM