२०८३ जेष्ठ १ गते, शुक्रबार १८:४६

असन्तुष्टीको कारण कुर्मी रिङ आउट हुने संभावना

वीरगंज/पर्सा क्षेत्र नं. २जसपाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका सुरेन्द्र कुर्मीलाई जसपाका कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्।

शुरू देखि नै मधेशवादी राजनीतिमा संलग्न भए तापनि गत स्थानीय निर्वाचनमा लोसपाका उम्मेदवार वीरगंज महानगरपालिकाका उप प्रमुख पुरुषोत्तम लाल झा विरुद्ध षड्यन्त गरेको भन्दै लोसपा जिल्ला समितिले सुरेन्द्र प्रसाद कुर्मीलाई करवाहीको सिफारिश केन्द्रमा गरेपछि सुरेन्द्र प्रसाद कुर्मीको यसपाली चुनाव लड्ने टुंगो थिएन।

तर जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको नगद नारायणको हिसाब राख्ने वीरगंजका चौरसिया थरका एकजना डाक्टर र राजविराजका मनीष सुमनसँग रातारात कुरा मिलाएर उपेन्द्रलाई नज़राना दिई कहिल्यै मुखिया समेतको चुनाव नलडेका सुरेन्द्र प्रसाद कुर्मीले जसपाबाट प्रतिनिधिसभाको टिकट हाइज्याक शैलीमा लिएर आएपछि कार्यकर्ताहरूमा व्यापक निराशा छाएको छ।

कूर्मिको लड़ाई नेपाली काँग्रेसका अनुभवि पूर्व सांसद एवं मन्त्री समेत रहिसकेका अजय चौरसियासँग भएकोले पनि कुर्मीको रिङ आउट हुने संभावना बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM