२०८३ असार २३ गते, मंगलवार ०६:४९

लिङदेन पनि कमल थापाको लाइनमा, भारतीयलाई उम्मेदवार बनाएपछि राप्रपा अध्यक्षद्वारा पार्टी परित्याग

वीरगंज/राजेन्द्र लिङदेन पनि कमल थापाको लाइनमा लागेर भारतीय नागरिकलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेर राप्रपाका वीरगंज महानगर समितिका अध्यक्ष जलेश्वर सर्राफ पुरै दल-बलसहित नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग टिका माला लगाएर शुक्रवार जलेश्वर सर्राफसहितका नेताकार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन्।

मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका जलेश्वर सरार्फ मधेसी नेताहरूको हविगत हेरेर असन्तुष्ट राष्ट्रिय प्रजाततन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि हुँदै वीरगंज महानगर अध्यक्षको हैसियतमा पार्टीलाई राम्रो उचाईमा पुर्याए पनि केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन पनि कमल थापाकै पदमार्गमा हिंडन थालेको र यसले हिन्दू अधिराज्य पुनर्स्थापना अभियानमा ठूलो विश्वासघात हुने देखिएपछि आफुले पार्टी परित्याग गरेको बताए।

केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देन पनि कमल थापाकै लाईनमा हिडन थालेपछि आफुले कैयौँ पटक लिङ्ग्देनलाई सच्चिन आग्रह गर्दा समेत आफ्नो क्षेत्रमा दोहोरो नागरिक नरेश साहलाई प्रतिनिधिसभाका उम्मेदवार बनाएपछि चित्त नबुझेर आफुले पार्टी परित्याग गरेको सर्राफले बताए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्साका जिल्ला अध्यक्ष राजाबाबु प्रसाद चौरसिया समेत पार्टी परित्याग गरी आफ्नो सम्पूर्ण संगठनका सदस्य समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

निर्वाचनको पूर्वसंध्यामा सर्राफको पार्टी परित्यागले राप्रपाको प्रत्यक्ष र सामानुपातिक मत परिणाममा गंभीर असर पर्ने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM