२०८३ जेष्ठ १ गते, शुक्रबार १९:५४

ट्राफिक प्रहरीद्वारा साइकल यात्रुलाई जनचेतनामूलक कार्यकम

वीरगंज/ केहि समय यता बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वीरगंजको ड्राईपोर्टमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ।

ड्राईपोर्ट स्थित अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिर बहादुर यादवको कमाण्डमा खटिएको टोलीले बुधबार ६५ जना साईकल चालकलाई साईकल एक लाईनमा चलाउने, लेन अनुशासन पालना गर्ने, राति साईकल चलाउँदा टल्किने कपडा लगाएर चलाउने, साईकलको अगाडी पछाडी टल्किने स्टिकर टाँस्ने भनि सवारी दुर्घटना न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM