स्वतन्त्र, स्वच्छ र धाँधलीरहित निर्वाचन गर्न प्रतिवद्ध छाैँ : मातृकाप्रसाद मरासिनी

0

प्रेमचन्द्र झा/

राैतहट। राैतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले स्वतन्त्र, स्वच्छ र धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालय राैतहटले आयोजना गरेको निर्वाचन आचार संहिता पालना सम्बन्धि उमेदवार तथा राजनैतिक दलका प्रतिनिधिसंगको अन्तरक्रियामा बाेल्नु हुँदै आचारसंहिता पालनामा राजनैतिक दल, उमेदवार, नागरिक समाज, संचारकर्मीको सहयोग आवश्यक रहेकोे बोल्नु भयो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले निष्पक्ष चुनाव हुनेमा कसैले शंका गर्न नहुने बताउनु भयो । जनताबाट प्राप्त मतलाई निष्पक्ष रुपमा गणना गरि परिणाम सार्वजनिक हुनेछ । आचार संहिता कडाईका साथ सबैलाई पालना गर्न र गराई दिन समेत प्रजिअ शाहीले आग्रह गर्नु भयो ।

निर्वाचन आचार संहिता अनुगमन समितिका संयोजक अर्जुन बरालले अरु निर्वाचन भन्दा यो तहकाे भन्दा पृथक रहेकाे बताउनु भयाे ।

निर्वाचन अनुगमन अधिकृत अर्जुन बराल, जिल्ला निर्वाचन कार्यालय राैतहटका प्रमुख छोटेलाल दासले निर्वाचन आचार संहिता बारे प्रष्ट पार्दै गर्न हुने र नहुने कार्यको बारेमा जानकारी दिनु भयो ।

प्रहरी उपरिक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, नेपाली सेनाका सेनानी आनन्द अधिकारी ,राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक मुकुन्द बहादुर खडकालगायतको उपस्थिति रहेको साे कार्यक्रममा प्रदेश सदस्य उमेदवार गजेन्द्र ठाकुरले भाेज गरेका कुरा प्रकाशमा आएपनि कार्वाही नभएको गुनासो गर्नु भयो । श्री मन नारायण मिश्रले भन्सार तिरेर भारतीय नम्बरको गाडी चढन पाउने व्यवस्था मिलाउन आग्रह गर्नु भयो । नेपाली जनता दलबाट प्रतिनिधिसभा सदस्य उमेदवार सुबोध चन्द्र साहले आचारसंहिताको धज्जी उडाउने काम भएको आरोप लगाउनु भयो । मैले टांगे पछि हटने कि आगाडी नै हटने हो साहले बोल्नु भयो ।

प्रतिनिधिसभा सदस्य उमेदवार डा .राजेन्द्रप्रसाद साहले ठुलाे पाेेष्टर कहिले हटाउने ? कार्यक्रम विभिन्न उमेदवार तथा राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । यसै बीच निर्वाचन आचार संहिता पालना सम्बन्धि अन्तरक्रिया राैतहट क्षेत्र नम्बर २ स्तरीय कार्यक्रम परोहामा पनि सम्पन्न भएको बुझिएकोछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्