वीरगंज/मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी चढने सरकारी गाडी नियन्त्रणमा लिन निर्वाचन आयोग नेपालले निर्देशन दिएको छ।
आयोगले जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्र पठाई प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापति एवं सरकारी सवारीसाधन प्रयोग गरेकाहरु मध्ये कसैले पदबाट हटेपश्चात सरकारी सवारीसाधन नबुझाइ लगेको वा सरकारी पदमा रहँदा आफूलाई प्राप्त सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरेको भेटिएमा नियन्त्रणमा लिन निर्देशन दिएको हो ।
साथै पदमा रहेका उल्लेखित मध्येका कुनै पनि सरकारी पदाधिकारीले सरकारी नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेको पाइएमा त्यस्तो सवारीसाधन तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गर्न निर्देशन दिएको छ ।















