पर्सा क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय द्विवेदीले नेपाली काँग्रेस लालपर्साका बुथ सभापति अलि हुसेन देवानका जेठो दाई महमद हुसेन देवानको आकस्मिक निधन प्रति समवेदना प्रकट गरेका छन्।
सोमबार देवानको निवासमै पुगेर द्विवेदीले समवेदना प्रकट गरेका हुन्, द्विवेदीले देवानको निधनले समाजलाई अपूरणीय क्षति भएको बताउनु भएको थियो।
सो क्रममा नेपाली काँग्रेसका क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्ता, प्रदेश १ क का सभापति अनिल श्रीवास्तवलगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।