Saturday, November 9, 2024
घरप्रदेशबारा प्रहरीले हिरासतमा राखेका मजदूर गृहमन्त्रीको दबावपछि रिहा

बारा प्रहरीले हिरासतमा राखेका मजदूर गृहमन्त्रीको दबावपछि रिहा

वीरगंज/ बारास्थित त्रिवेणी स्पिनिङ मिलका संचालक रामचन्द्र संघाईको प्रभावमा परेर बारा प्रहरीले बर्बर दमन गर्दै हिरासतमा लिएका ७ जना मजदूरलाई गृह मन्त्रीको दबावपछि आज रिहा गरिएको छ।

वर्षभरी रगत पसिना बगाएर काम गरेका मजदूरहरूले पाउनु पर्ने मनासिव बोनस रकम माग गर्दा चाडवाड़को बेला बोनस दिनुको सट्टा उद्योग मालिकको प्रभावमा परेर बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बर्बरता पूर्ण दमन गर्दै लाठी, अश्रुग्यासदेखि गोलीसम्म प्रहार गरेर मानवता विरुद्धको हर्कत गरेका घटनाको चौतर्फी बिरोध भएको थियो।

चुनावको पूर्व संध्यामा गठबंधनलाई समेत असर पर्नेगरि प्रहरी उपरीक्षक बोगटीले प्रहरी उपरीक्षक बोगटीले संजय कुमार यादव, ओम प्रकाश मिश्र, राजेश यादव, अमलेश पाण्डे, बृजकिशोर साह र सोनालाल यादव लगायत ७ जनालाई अभद्र व्यवहार गरेको भनि मुद्दा चलाएको घटना गृहमन्त्री बालकृष्ण खांडसम्म पुगेपछि गृहमन्त्रीको दबाव पछि हिरासतमा राखिएका सातै जनालाई आइतवार रिहा गरिएको समाचार जानकारीमा आएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -