पूर्वमन्त्री यादव र नगर प्रमुख सिंहको कदमले एमालेमा चिसो पस्यो

0

वीरगंज/गठवन्धन दलमै रहेका जिम्मेवार व्यक्तिहरूले नाटक मंचनगरिरहेको दिनदिनै सामाजिक सामाजिक संजालमा देख्न पाइरहेको छ।

वडा नं.२२का पूर्व वडाध्यक्ष गत स्थानीय निर्वाचनमा प्रदीप यादवलाई छोडेर विजय सरावगीसंगै नेकपा एमालेमा गरेर निर्वाचन लड़ी पराजित भएका थिए । मंसिर ४ गते हुने निर्वाचनमा जसपा र ने.क.पा. एमाले गठबंधन छ ।

गठ‌बन्धनमै रहेको आफ्नै सहयात्री पार्टीको कार्यकर्ता चोरेर पूर्व मन्त्री प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान‌ ‌सिंहले समाजलाई कस्तो मैसेज दिन खोजेका हुन् त्यो बुझिनसक्नु छ।

गठबन्धनको भावना विपरीत नगर प्रमुख राजेशमान सिंहले आफ्‌नो भतिजा रूपेशमान श्रेष्ठलाई स्वतन्त्रबाट पर्सा क्षेत्र नं. २ को “ख” बाट लडाई रहेका छन् ।

यस सन्दर्भमा नेकपा एमालेका वीरगंज महानगर उपाध्यक्ष महेशदाससँग बुझ्दा उनले पूर्व मन्त्री प्रदीप यादव र नगर प्रमुख राजेश मानले गठबंधनको मर्म बिपरीत काम गरेर निर्वाचनलाई प्रभावित पार्ने काम गरेको बताउनु भयो। यसको गंभीर असर आउने निर्वाचनमा पर्न सक्ने बताउनु भयो।

वहाँले जसपाका पनि धेरै साथीहरू आफूहरूको सम्पर्कमा रहेको भए पनि आफूहरू गठबंधनको मर्म अनुसार चलिरहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्