वीरगंज/ पप्पु कन्स्ट्रक्सनको नाममा ठेक्का लिएर पनि विकास निर्माण कार्यलाई अड्काएर देशभरी बदनामी कमाएका जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले भ्रस्टाचार र सत्तामा तर मार्न आफ्नो छोरीलाई अघि सारेर आम मतदातालाई फेरि पनि बेवकूफ़ बनाउने प्रयासमा जुटेका छन्।
महाभ्रष्ट र विकास विरोधी ठेकेदारको रुपमा कुख्याति प्राप्त निलम्बित सांसद रौनियारले शहीदहरुकाे सहादतमाथि खेलवाड गरेर ज.स.पाका इमान्दार कार्यकर्ताहरलाई पाखा लगाएर आगामी मंसिर ४ गते हुने निर्वाचनमा पर्सा क्षेत्र ३ख बाट आफ्नी छोरी डा. मधु गुप्ता पटेललाई उम्मेदवार बनाएपछि मतदाता कार्यकर्ताहरू बिच्किएका छन्।
पैसाको बलमा रौनियरले टिकट पक्का भैसकेका गौरी शंकर साहलाई पाखा लगाएर राजनीतिसँग कुनै सरोकार नै नभएकी चिकित्सक डा. मधु गुप्ता पटेललाई सहयोग गर्ने मनसाय पुराना र ईमानदार कार्यकर्ताहरूमा नरहेको चर्चा छ।
सो क्षेत्रका मतदाताहरुले २०७४ को आमनिर्वाचनमा हरिनारायणलाई मत दिएर जिताए पनि पप्पु कन्स्ट्रक्सनको गुणस्तरहिन सामग्रीबाट पुल निर्माण गरेको कारण सांसद पदबाट निलम्बित भएपछि पाँच वर्षसम्म विकासबाट बन्चित भएका थिए ।
अख्तियारले उनी माथि चलाएको मुद्दामा विशेष अदालतले दण्डित गरेपछि चुनाव लडन अवस्था भएन ।
त्यसपछि पर्सा क्षेत्र नं २ वीरगंज महानगरपालिका अन्तर्गत वडा नं २५ सिर्सिया ससुराली घरजम गरी बसिरहेकी
डा. मधु गुप्ता पटेललाई बृफकेशको जोडबलमा टिकट दिलाउन रौनियार सफल भएपछि जसपा पर्सामा भाडभैलाेको अवस्था देखिएको छ ।
पप्पु कन्स्ट्रक्सनले वीरगंज महानगरपालिका वडा नं २५ स्थित मर्लैया नदि पुल निर्माण गर्ने ठेक्का साकार गरेको निर्माण अवधि सकिएको वर्शौं बिते पनि प्रत्येक वर्षायाममा डा. मधु गुप्ता पटेल र घरपरिवार लगायत ससुराली गाउँबासी दु:ख भोग्दै आएका छन् ।
विकास निर्माण कार्यको ठेक्का लिएर पनि समयमा काम नगरी अडकाएर भ्रष्टाचार गर्न पल्किएका रौनियारले आफ्नो उत्तराधिकारीको रुपमा छोरी मधुलाई अघि सारे पनि सो क्षेत्रका मतदाताहरू आगामी निर्वाचनमा भ्रष्टाचारीका उत्तराधिकारीहरुलाई मतदान नगर्ने मनसाय बनाएको चर्चा छ।