२०८३ बैशाख २५ गते, शुक्रबार २३:४३

जनताकै सहयोगमा मैले आफूलाई आफैँ बनाएको हुँ -प्रदीप यादव

वीरगंज/ मेरो राजनीतिक यात्रा विरासतकाे नभई साथी भाई र न्यायप्रेमी जनताकाे आधारमा शुरू भएको माननीय प्रदीप यादवले बताएका छन्।

चन्द्रसूर्य वाणीसंगको भेटवार्तामा उनले सो कुरा बताएका हुन्। उनले आफ्नो प्रतिद्वन्द्वी भनेर चर्चा गर्दै हिँडेका अजयकुमार द्विवेदीसँग आफ्नो कुनै प्रतिस्पर्धा न रहेको चर्चा गर्दै नेपाली काँग्रेसमा पुस्ता दर पुस्ता लगानी भएका मान्छेहरु अहिले काँग्रेस मै रहेर योगदान दिईरहेको तर निष्ठाबाट अविचलित न भएकाे बताए ।

अजय कुमार द्विवेदीले नेपाली काँग्रेसकाे तर्फबाट पर्याप्त अवसर पाएर उप-मेयर, सांसद जस्तो पद पड्काएर आफूमाथि विभेद भएको डंका पिट्नु आम जनमानसलाई धोखा दिने फण्डा रचेको सांसद यादवले बताए ।
आफू ग्रास रूटबाट राजनीति गरेर अगाडि आएको र साथीभाईहरुकै सहयोगमा यस पटककाे निर्वाचन पनि अत्यधिक मतले जित्ने दाबी प्रदीपकाे रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM