२०८२ असार २२ गते, आईतवार ००:०३

नक्कली घ्यू उत्पादन गर्ने दुई कम्पनीमा छापा, शिलबन्दी

बारा, ०६ असोज/ नक्कली एवं गुणस्तरहीन घ्यू उत्पादन गर्ने बाराका दुई डेरी उद्योगमा छापामारी पछि शिलबन्दी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार बाराको फेटा गाउँपालिका-२ जगतपुर टोलमा संचालनमा रहेको गहवामाई बेकरी सटिङ्ग रिपिरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा गुणस्तरहीन घ्यू उत्पादन भईरहेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, बारा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको सिनियर प्रहरी अधिकृत समेतको संयुक्त अगुमन टोलीले उक्त उद्योगमा अनुगमन गर्दा उक्त उद्योगमा रहेको उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ पाइएको हुँदा स्थानिय प्रतिनिधि समेतको रोहबरमा उत्पादित तयारी तथा कच्चा पदार्थ सहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको छ ।

संयुक्त अनुगमन टोलीले ती उद्योगहरुबाट गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर), सोल्टी लेखिएको ५०० ग्रामको ४५९ बट्टा (२२९.५ लिटर), रोयल लेखिएको ५०० ग्रामको ५५० बट्टा (२७५ लिटर), माँ लक्ष्मी लेखिएको १ लि.को १८ बट्टा (१८ लिटर), Shortening लेखिएको ८० कार्टुन बेकरी ( १६०० लिटर) र घ्यू तयारको लागि राखिएको प्रति ५० लिटर भएको ३ ड्रम कच्चा पदार्थ (१५० लि.)। सहित शिलबन्दी गरिएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM